‘सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्नू’- काठमाडौं प्रशासन

काठमाडौं, १६ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

केहिदिनदेखि राजावादीहरुको समूहले उपत्यकामा आन्दोलन गर्दै आएकाले कोरोनाभाइरस महामारी अझै रहेको हुनाले भिडभाडजन्य गतिविधि नगर्नरनगराउन प्रशासनले विज्ञप्ति निकालेर जानकारी गराएको हो।

‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधी जस्तैः सभा, जुलुस, प्रर्दशन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन, २०२० को विपरित हुने भएकाले त्यस्ता भिडिभाडजन्य गतिविधिहरु नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनुहुन सबैमा हुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रशासनले सभा, जुलुस र प्रर्दशन गरेको पाइए स्थानीय प्रशासन ऐन, २०२८ र संक्रमक रोग ऐन, २०२० बमोजिम कारबाही हुने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here