भारतद्वारा अष्ट्रेलियालाई ३ सय ३ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा भारतले अष्ट्रेलियालाई ३ सय ३ रनको लक्ष्य दिएको छ । यसअघिका दुई खेल हार्दै सिरिज उपाधी गुमाइसकेको भारतले अन्तिम खेलको निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनाएको हो ।

भारतको पारीमा हार्दिक पाण्डेयले आक्रमक ब्याटिङ गर्दै ७६ बलमा ९२ रन बनाउँदा रविन्द्र जडेजाले ५० बलमा ६६ रन बनाए । त्यस्तै, कप्तान विराट कोहलीले अर्धशतक बनाए। ७८ बलको सामना गरेको कोहलीले ५ चौकाको मद्धतमा ६३ रन बनाए। अर्का ब्याट्सम्यान शुब्मन गिलले ३३ रन, शिखर धवनले १६ रन, श्रेयस अय्यरले १९ रन बनाए ।

अष्ट्रेलियाको बलिङमा अस्टोन अगरले २, आडम जम्पा, जोश हज्लेउड र सिन अब्बोटले समान एक एक विकेट लिए । सिरिजको पहिलो खेलमा भारतलाई ६६ रनले पराजित गरको अष्ट्रेलियाले दोस्रो खेलमा ५१ रनको जीत निकाल्दै सिरिज उपाधि कब्जा गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here