कांग्रेसका वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएपछि प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

पौडेलले सुरक्षा घेरा (निषेधाज्ञा) तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको बताएको छ । पौडेलले फेसबुकमार्फत आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here