नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त

काठमाडौं, १७ मंसिर । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणबाट मुक्त भएका छन्।

कोरोना संक्रमण भएको एकसातापछि सन्दीपले आफू कोरोनामुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनी शनिबार साँझ ह्याम्स अस्पतालमा भर्ना भएका थिए। उनले कोरोनामुक्त भएपछि आफूलाई स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

साथै सन्दीप आफू मैदानमा उत्रिन आतुर भएको पनि जनाएका छन्। यसअघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएको थियो। अहिले उनीहरु सबै कोरोना मुक्त भइसकेका छन्।

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण