यस्ता छन् काउली खानुका ८ फाइदा

काठमाडौं । जाडोमा अधिकांशलाई अत्यधिक मनपर्ने तरकारी हो, काउली (फूल गोभी) । काउलीको तरकारी प्रायः सबैलाई उत्तिकै प्रिय लाग्छ स्वादिलो हुनुका साथै, काउली खानु स्वास्थको लागि पनि निकै फाइदाजनक मानिन्छ।

यसमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट आदि पाइन्छ। यो तरकारीले हामीलाई एनिमिया, मेनोपोज, स्कर्बी, ब्रेस्ट क्यान्सर, मुटुरोग आदि रोगहरूबाट जोगाउने गर्छ।

यस्ता छन् काउली खानुका फाइदाः

१. काउलीमा प्रसस्त मात्रामा फाइबर हुन्छ जसले पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । काउलीकोले पेट सम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ ।

२. काउलीको नियमति सेवनले मुटुसम्बन्धी रोगहरू लाग्नबाट बचाउनुका साथै पेटको क्यान्सरको खतरा कम गर्न मद्दत गर्दछ ।

३. काउलीमा भिटामिन ‘के’ र ‘सी’हुन्छ । साथै, काउलीबाट प्रसस्त मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ ।

४. गर्भावस्थामा काउलीको सेवन लाभदायी हुन्छ । यसमा हुने भिटामिनहरु गर्भमा रहेको बच्चाका लागि हितकारी हुन्छ ।

५. काउलीको नियमित सेवनले मोटोपनाबाट छुटकारा दिलाउन समेत मद्दत गर्छ । काउली वजन नियन्त्रणका लागि निकै सहयोगी हुन्छ ।

६. दिसाबाट रगत बग्ने तथा पाइल्स जस्ता रोगीका लागि काउलीको सेवन निकै फाइदाजनक हुन्छ ।

७. रक्तचाप सन्तुलन तथा रगतमा भएका विषाक्त पदार्थको निष्कासनमा समेत काउली लाभदायक हुन्छ ।

८. काउलीमा प्रसस्त मात्रामा क्याल्सियम पाइन्छ । यसले हड्डी बलियो बनाउन मद्दत गर्नुका साथै दाँतलाई समेत स्वस्थ र बलियो बनाउँछ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here