च्याम्पियन्स लिगः आज बार्सिलोना र फेरेन्सभारो भिड्दै

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब बार्सिलोनाले हंगेरियन क्लब फेरेन्सभारोसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने सो खेल फेरेन्सभारोसको मैदानमा हुनेछ ।

यस खेलमा बार्सिलोना लगातार पाँचौं जितको खोजीमा छ । उसले अघिल्ला चार खेलमै स्पष्ट जित निकालेको छ । समूह ‘जी’को शीर्ष स्थानमा रहेको बार्सिलोनासँग १२ अंक छ । बार्सिलोना यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

आजको खेलमा बार्सिलोनले आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ । बार्सिलोनाले कप्तान लियोनल मेस्सी, मार्क–आन्द्रे स्टगेन र फिलिप कौटिन्होलाई नखेलाउने भएको हो ।

पछिल्लो भेटमा बार्सिलोनाले फेरेन्सभारोसमाथि क्याप नोउमा ५–१ गोलान्तरको जित निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here