च्याम्पियन्स लिग: मेसीबिना बार्सिलोनाको सहज जित

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले फेरन्कभारोसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रीजम्यान, मार्टिन ब्रेथवेट र ओसुमान डेम्बेलेले एक एक गोल गरेका थिए ।

बार्सिलोनाले यस खेलका लागि मेसीसहित मार्क–एन्द्रे स्टेजेन र फिलिप काउटिन्होलाई आराम दिएको थियो भने जेरार्ड पिके, आन्सु फाती, सेर्गी रोबर्टो र सामुएल उम्टिटी चोटग्रस्त भएका कारण खेलेका थिएनन् ।

फेरेन्कभारोसलाई उसैको मैदानमा हराउने क्रममा बार्सिलोनाका एन्टोइन ग्रीजम्यान, मार्टिन ब्राथवेट र ओस्मान डेम्बेलेले एक(एक गोल गरे । सबै गोल पहिलो हाफमै भएका थिए ।

१४औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसैगरी २०औं मिनेटमा ब्राथवेटले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे ।

२८औं मिनेटमा प्राप्त पेनाल्टीमार्फत गोल गरेपछि बार्सा ३(० ले अघि बढेको थियो । त्यसपछि दोस्रो हाफमा थप गोल नहुँदा बार्सा ३-० ले नै विजयी रह्‍यो ।

यो जितपछि बार्सिलोनाको समुह जी मा ५ खेलमा १५ अंकसहित शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगिसकेको छ । त्यस्तै यसै समुहमा युभेन्टस ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहदै अन्तिम १६ मा यस अघि नै पुगिसकेको छ ।

त्यस्तौ यस समुहमा डाइनामो किभको ५ खेलमा एक अंक रहेको छ भने फेरेन्कभारोसको पनि ५ खेलमा एक अंक रहेको छ । अब समुह चरणको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनाविरुद्ध डिसेम्बर ९ मा खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here