युभेन्ट्सको जीतमा रोनाल्डोको कीर्तिमानी गोल

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न समुह चरणको खेलमा युभेन्टसले डाइनामो किभलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा फेडेरिको चिसा, क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरेका थिए ।

यस खेलमा गोल गरेसँगै रोनाल्डोले आफ्नो क्यारियरमा ७५० गोल पुरा गरेका हुन् । रोनाल्डोले विभिन्न क्लबका लागि ६४८ गोल गरेका छन् भने पोर्चुगलका लागि १०२ गोल गरेका हुन् ।

रोनाल्डोले यस खेलमा गरेको गोल व्यवसायिक खेल करियरको ७५०औं गोल रहेको थियो । रोनाल्डोले स्पेनिस क्लब रियाल म्याड्रिडबाट ४५०, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलको राष्ट्रिय टोलीबाट १०२, युभेन्ट्सबाट ७५ र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ५ गोल गरेका छन् ।

युभेन्ट्सले खेलको २१औं मिनेटमा फेडरिको चियासाको गोलबाट अग्रता लिएको थियो । उनले एलेक्स सान्द्रोको पासमा गोल गरेका थिए ।

५७औं मिनेटमा रोनाल्डोले अल्भारो मोराटाको पासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारेका थिए । ६६औं मिनेटमा फेडरिको चियसाको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै समूह ‘जी’ मा युभेन्टस १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाको १५ अंक छ । किभ र फेरेन्कभारोसको समान १ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here