एकैदिन प्रतितोला १,६०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । बिहिवार एकैदिन छापावाल सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १,६०० रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला १,६०० रुपैयाँ नै बढ्यो । तेजावी सुनको मूल्य आज प्रतितोला ९२ हजार १५० रुपैयाँ कायम भएको छ ।

बिहिवार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढ्यो । आज चाँदीको कारोबारी मूल्य प्रतितोला १२०५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here