‘संघीयता थप बलियो बनाउन नगर-नगरबीच भगिनी सम्वन्ध स्थापनामा जोड दिएका छौँ-‘ मेयर शाक्य

काठमाडौँ, १८ मंसिर । जुम्लाको चन्दनथान नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिकाले चन्दनथानका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ ।

केही दिन अघि मात्रै रामग्राम नगरपालिसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गरेको काठमाडौँ महानगरपालिकाले विहिबार सेजुवालसहितका जनप्रतिनिधिसँग गरेको हो ।

महानगरका प्रमुख विद्या सुन्दर शाक्यले चन्दननथासँग पनि छिटै औपचारिक रुपमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने बताए ।

छलफलका क्रममा सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शाक्यले दुई नगर क्षेत्रभित्रका जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्ने बताए ।

‘काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन्, मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्वन्ध स्थापना गर्ने कुरा आफैमा सकारात्मक छ,’ शाक्यले भने ।

‘प्रकृति र पर्यावरणको समुचित सन्तुलन बिना मानव समाजको अस्तित्व नै संकटमा पर्नसक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामूखि क्रियाकलाप संचालनका लागि साझेदारी गर्न चाहेका छौँ उनले भने ।’

शाक्यले यस अघि काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्वन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको जानकारी दिए ।

‘हामीले यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरर्गत काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि बढाएका छौँ,’ उनले भने ।

चन्दननाथसँग पनि भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय काठमाडौँ महानगरपालिकाको यस अघि नै निर्णय गरिसकेको छ । उपयुक्त समयमा हामी दुई नगरबिच सझदारीपत्रमा हस्ताक्षर गर्न तयार छौँ ।’

भगिनी सम्वन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडिबुटी, स्याउ, सिमि, ओखरलगायतका प्राङगरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापनलगायतका विषयमा पनि सहकार्य गर्न सकिने शाक्यले बताए । ‘उनले रारा, सेफोक्सुण्डो जस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने बताए ।

चन्दनथान नगरपालिकाकी प्रमुख सेजुवालले स्रोत–साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गरे । ‘यो हाम्रा लागि खुशीको पल हो, ‘हामी दुई नगरबिच धार्मिक पर्यटनसँग पनि जोडेर अघि बढ्न सकिन्छ ।’

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि भगिनी सम्वन्ध स्थापनापछि दुई नगरले सहकार्य गर्न सकिने बताईन । धनकुटाको पाख्रिवास नगरपालिकाका प्रमुख वृषबहादुर राई र जनप्रतिनिधिसँग पनि छलफल भयो । सो छलफलमा प्रमुख राईले पनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न भगिनी सम्वन्ध स्थापनाका लागि प्रस्ताव राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here