काठमाडौं । फ्रान्सेली गाडी ब्राण्ड प्युजो (सिट्रोन) सन् २०२१ भित्र नेपाल आउने निश्चित भएको छ।
सिट्रोनका कार नेपाली बजारमा गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले ल्याउने भएको हो। सिट्रोनको माउ कम्पनी ग्रुप पिएसए (Groupe PSA, France) ले सांग्रिला मोटर्सलाई आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।
आधिकारिक बिक्रेताको सम्झौतामा सांग्रिला मोटर्सको तर्फबाट निर्देशक हेमन्त गोल्छा र पिएसए ग्रुपको तर्फबाट भाइस प्रेसिडेन्ट (सेल्स एण्ड मार्केटिङ एसिया प्यासिफिक) अर्नोड डुचिमिनले हस्ताक्षर गरेका हुन्।
सम्झौता केही समयअघि नै गरेको भएपनि कोरोनाका कारण सार्वजनिक नगरिएको कम्पनीले जनाएको छ।
सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ ।
सिट्रोन ब्राण्ड अन्तरगर्त विभिन्न प्रकारका सवारी साधनहरुको रहेका छन् । जस मध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू भी, मिनी–भ्यान र एसयू भी बहुचर्चित छन ।
























