शेयर धितो कर्जा पुनरावलोकन हुने

काठमाडौं, १८ मंसिर । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा तथा रियल स्टेट कर्जामा पुनरावलोकन गर्ने भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै व्यक्तिगत आवधिक कर्जा, शेयरधितो कर्जा तथा रियल स्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने जनाएको हो ।

हाल शेयर धितो कर्जाको सीमा ७० प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुर्याइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here