तीन महिनामा १२ लघुवित्त मर्ज, १५७ संस्थाको इजाजत खारेज

काठमाडौं, १८ मंसिर । पछिल्लो समय मर्ज हुने बैंक तथा वित्तिय संस्थाको संख्या बढ्दै गएको छ । एक आपसमा मर्ज हुने लघुवित्त संस्थालाई राष्ट्र बैंकले सुविधा ल्याएसँगै मर्ज हुनेको संख्या बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा अनुसार तीन महिनामा १२ लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने/गाभिने प्रक्रियामा संलग्न भई ६ संस्था कायम भएका छन् ।

राष्ट्र बैंकले लघुवित्तलाई मर्जरमा जान प्रोत्साहन गरिरहेको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत लघुवित्त वित्तीय संस्थाहरुको ईजाजत दिने कार्य स्थगन गरेको थियो भने इजाजतको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाहरुको इजाजत प्रक्रिया समेत रद्द गरेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७७ असोजसम्म २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई ५० संस्था कायम भएका छन् । यस अवधिमा १५७ संस्थाको इजाजत खारेज भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here