सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढ्यो, कति पुग्यो कारोबार मूल्य ?

काठमाडौं,१९ मंसिर । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ । बिहिवार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्यपनि प्रतितोला ३०० रुपैयाँ नै बढ्यो । शुक्रवार तेजावी सुनको कारोबार मूल्य ९२ हजार ४५० रुपैयाँ रहेको छ ।

शुक्रवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२१० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here