गोरखामा ७१४ जनामा कोरोना संक्रमण, सबैभन्दा धेरै गोरखा नगरपालिकामा

गोरखा । जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ७१४ जना पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाको पछिल्लो तथ्यांक अनुसार बिहिवार बेलुकासम्मा जिल्लाभर कोरोना संक्रमितको संख्या ७१४ पुगेको हो ।

स्वास्थ्य कार्यालय स्वास्थ्य कार्यलयको तथ्यांक अनुसार कुल संक्रमित मध्ये ५ सय ८२ जनाले कोरोनालाई जितिसकेका छन् भने १२९ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाको ११ स्थानिय तहमध्ये सबैभन्दा धेरै कारोना संक्रमित गोरखा नगरपालिकामा रहेका छन् । स्वास्थ्य कार्यलयको तथ्यांक अनुसार नगरपालिकामा ३१६ जनाका कोरोना संक्रमण देखिएको छ, भने चुम नुब्री गाउँपालिकामाअहिलेसम्म संक्रमण सुन्य छ भने धार्चे गाउँपालिका १ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, पालुङटार नगरपालिकामा ९६, भिमसेन थापा गाउँपालिकामा ६९, सहिद लखन गाउँपालिकामा ५७, आरुघाट गाउँपालिकामा ४८, गण्डकी गाउँपालिकामा ३६, अजिरकोट गाउँपालिकामा ३५, सिरानचोक गाउँपालिकामा २८ र बारपाक गाउँपालिकामा २९ जनाका कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार कोरोना संक्रमणको कारण जिल्लाभर कोरोनाको कारण ४ जनाको ज्यान गईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here