थप १२७२ जनामा कोरोना पुष्टि, १५७५ जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १२७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३८हजार ८६१ रहेको छ । थप १५७५ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २१ हजार ८४७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here