काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १९ मंसिर । काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण देखिएको हो ।

जसमा २४७ महिला र ३५९ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख ११ हजार ५४६ जना व्यक्ति संक्रमित भएका छन्।

स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ। त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा ३ र भक्तपुरमा २ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा ५ हजार ९९६, ललितपुरमा १ हजार २५५ र भक्तपुरमा ५४० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here