काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, नयाँदिल्ली दोस्रोमा

काठमाडौं, २० मंसिर । काठमाडौं विश्ककै तेस्रो प्रदूषित सहर बनेको छ ।

अमेरिकास्थित एक संस्था यूएस एयर क्वालिटी इन्डेक्सको जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै तेस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।

काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १७८ रहेको छ ।

रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

रिपार्ट अनुसार पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर संसारमै सबैभन्दा प्रदूषित सहरमा परेको छ। लाहौरमा अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ ४२३ पुगेको छ।

पाकिस्तानकै अर्को सहर कराची संसारको १० प्रदूषित सहरभित्र परेको छ।

भारतको राजधानी नयाँदिल्ली २२९ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित दोस्रो प्रदूषित सहरमा परेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

नयाँदिल्ली र लाहौरको जनघनत्व काठमाडौंको भन्दा निकै बाक्लो छ। साथै, त्यहाँ उद्योगधन्दाको संख्या पनि अधिक छ। त्यसैले ती दुई सहर प्रदूषित बन्न पुगेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here