राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन

काठमाडौं, २० मंसिर । राजतन्त्रको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ। शनिबारको संघीयता खारेज हुनुपर्ने, हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने लगायतका माग सहित प्रदर्शन गरेका हुन् ।

शनिबार दिउँसो काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।
राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित प्रदर्शनमा देखिएका थिए ।

पछिल्लो केही दिनदेखि राजावादीहरुले हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्दै देशभर प्रदर्शन गर्दै आइरहेका छन्। जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न रोक लगाएको छ । तर, प्रदर्शनकारीहरुले प्रशासनको उक्त आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here