नेकपा सचिवालय बैठक: पार्टीभित्रको विवाद स्थायी कमिटीले नै हल गर्ने

काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दुवै अध्यक्षका राजनीतिक प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी कमिटिमा पुगेको हो ।

आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए।

‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’‘

उनले पार्टीको समस्याका विषयमा शनिबार छलफल भए पनि निष्कर्ष निस्किन सम्भव नभएको बताए। पूर्वनिर्धारित स्थायी कमिटी भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ ।

‘आजको सचिवालय बैठकले भोलीको स्थायी समिति बैठकलाई निश्चित गर्दै पार्टीको संकट र निवारण गर्नेबारे आएका सबै प्रस्ताव त्यहिँ नै पेस र छलफल गर्ने निर्णय गरेको छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए।

तर, अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव कुण्ठाबाट ग्रसित र तथ्यहीन आरोपले भरिएको भएकाले त्यो प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडान राख्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here