जीप दुर्घटना हुँदा वडासचिवसहित तीन जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, २१ मंसिर । डोटीमा जीप दुर्घटना हुँदा वडासचिवसहित ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।

सदरमुकाम दिपायलबाट डोटीको बोगतान फुदसिल तर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जीप बोगतान फुदसिल-७ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा बोगतान फुदसिल-७ की वडा सचिव मञ्जु त्रिपाठी, केआइसिंह गाउँपालिका ४ का हरिनारायण भट्टको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here