एकैदिन ६ लाख ४५ हजार कोरोना संक्रमित थपिए,१२ हजार २४२ जनाको मृत्यु

काठमाडौं, २१ मंसिर । कोरोना संक्रमण फेरि तीव्र रुपमा बढ्न थालेको छ । बीचको केही समय ओर्लिएको कोरोना संक्रमण र त्यसका कारण मृत्यु हुनेको दर पहिलेको तथ्यांकलाई उछिन्दै कोरोना संक्रमण र मृत्यु दर अगाडि बढेको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २४ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यो सहित पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४५ हजार २३१ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
हालसम्म विश्वमा ६ करोड ५२ लाख ५७ हजार ७६७ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १२ हजार २४२ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्वमा १५ लाख १३ हजार १७९ संक्रमितको ज्यान गइसकेको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here