स्पेनिस ला लिगा : बार्सिलोना काडिचसँग पराजित, ३२ बर्ष यताकै खराब प्रदर्शन !

काठमाडौं, २१ मंसिर । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना काडिजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

यो सिजन लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको चौथो हार हो । घरेलु मैदानमा भएको खेलमा काडिचलाई जित दिलाउन आल्भारो गिमेन्ज र आल्भारो नेग्रेडोले एक–एक गोल गरे । उता पाहुना टोली बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा गिमेन्जले गोल गर्दै काडिचलाई अग्रता दिलाए । ५७ औं मिनेटमा पेड्रोले आत्मघाती गोल गर्दा बार्सिलोना बराबरी स्थितिमा पुग्यो । ६३ औं मिनेटमा नेग्रेडोले गोल गर्दै काडिचलाई २–१ गोलको जित दिलाए ।

जितसँगै काडिचले शीर्ष पाँचमा आफूलाई स्थापित गरेको छ । लिगमा १२ खेल खेलेको काडिचले १८ अंक जोडेको छ ।

अहिलेसम्म १० खेलमा ४ जित २ बराबरी र ४ खेलमा हारेको बार्सिलोनाको १४ अंक रहेको छ भने लिगमा सातौ नम्बरमा रहेको छ ।

बार्सिलोनाको ला लिगाको इतिहासमा सन १९८७-८८ सिजनपछि पहिलो पटक यस सिजनमा यति खराब प्रदर्शन गरेको छ । सो सिजनमा बार्सिलोनाको १० खेलमा केवल १३ अंक रहेको थियो ।

बार्सिलोनाले अब अर्को खेल च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेल युभेन्टससँग आगामी मंगलबार राति खेल्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here