सुनको मूल्य घट्ने क्रम जारी, कति छ कारोबार मूल्य ?

काठमाडौं । सुनको मूल्य घट्ने क्रम आइतवार पनि जारी नै रह्यो । आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घट्यो ।

शुक्रवार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार २५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । आइतवार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here