काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केवलकारको टिकट अब प्रभु पेबाट पनि खरिद गर्न सकिने भएको छ ।
यसअघि इसेवा र फोनपेबाट टिकट काट्न सक्ने व्यवस्था गरिसकिएकोमा आजबाट लागु हुनेगरी थप प्रभु पेबाट पनि मनकामना केवलकारको टिकट काट्न सकिने व्यवस्था गरिएको हो ।
डिजिटल माध्यमबाट टिकट काट्न सकिने व्यवस्था मिलाउदा मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट खरिद गर्न लामो लाइनमा बस्नु पर्ने बाध्यताको अन्त्य हुने समितिको भनाई छ । प्रभु पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्था हो ।