गोरखा अस्पतालको इमर्जेन्सीबाहेकका सबैसेवा बन्द

काठमाडौं । कार्यस्थलमै चिकित्सकमाथि हातपात भएको कारण देखाउदै गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

शनिबार साँझ स्वास्थ्यकर्मीहरुले विज्ञप्ति जारी गर्दै अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

सामान्य विवाद समाधानको प्रयास हुँदाहुँदै चिकित्सकमाथि हातपात हुनु दुखद भएको भन्दै विज्ञप्तिमा हातपात र दुव्र्यबहार गर्नेमाथि कारबाही नभएसम्म काममा नफर्कने विज्ञप्तिमा जनाइएको छ ।

शनिबार गोरखा नगरपालिका ३ नारेश्वरकी एक सुत्केरी अस्पतालको सौचालय जाँदा लडेको र आफन्तलाई सुत्केरी भेट्न नदिएको बिषयमा विवाद भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here