कडा सुरक्षा घेराबीच शुरु भयो नेकपा स्थायी कमिटी बैठक, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ। कडा सुरक्षा घेराबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएनन्। हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठकमा यसअघि दुवैजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेस गरेको पत्र, सचिवालय सदस्यहरुले लेखेको पत्र, ओलीको जवाफलगायतका दस्तावेज पेस हुनेछ ।

उक्त प्रस्तावमाथि स्थायी कमिटीका सदस्यहरुले छलफल गर्नेछन् । पछिल्लो ६ महिनादेखि चुलिँदो अविश्वास र सतहमा आएका झगडाका कारण फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजका लागि तय गरिएको थियो ।

पार्टीका दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएसँगै नेकपाभित्रको विवाद झन् पेचिलो बन्दै स्थायी कमिटी बैठकमा प्रवेश हुँदैछ । त्यसैले आजको बैठकलाई निकै अर्थपूर्ण मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here