सबै चीज हुँदा पनि किन खुसी हुन सक्दैनन् मानिस ?

खुसीको परिभाषा हरेक मानिसहरुमा फरक फरक हुने गर्दछ । कसैलाई स–साना उपलब्धी र सफलताले पनि खुसी दिन्छ भने कसैलाई धेरै ठूलो सफलता र सुख सुविधाले पनि खुसी बनाउन सक्दैन ।

उदाहरणको लागि कुनै कक्षाको औसत विद्यार्थी सामान्य उतिर्ण हुने अंक प्राप्त गर्दा पनि खुसी हुन्छ भने कक्षाको दोस्रो स्थानमा आएको विद्यार्थी पहिलो स्थानमा आउन सकिन भनेर दुखी हुन्छ । मानिसमा ठूलो अपेक्षा र महत्वाकांक्षा छ भने उनीहरु खासै खुसी हुन सक्दैनन् ।

मानिस कहिल्यै पनि सन्तुष्ट हुन सक्दैन भनिन्छ । धेरै ठूलो सपना देख्ने र आफ्नो क्षमता भन्दा धेरै चीज खोज्ने मानिस कहिल्यै पनि खुसी हुन सक्दैन ।

आफूसँग जे छ त्यसैमा खुसी हुने मानिस यो संसारमा थोरै मात्रै छन् । आफूसँग भएको कुरा भन्दा नभएको कुरा राम्रो लाग्ने बानीको कारण पनि धेरै मानिसको अनुहारबाट मुस्कान हराइरहेको हुन्छ ।

कतिपय अवस्थामा मानिसहरु आफूसँग सबथोक भएर पनि खुसी हुन सक्दैनन् । यसको सबैभन्दा ठुलो कारण मानिसमा भएको नकारात्मक भावना र असन्तुष्ट हुने बानी हो ।

मानिस खुसी हुन नसक्ने कारणहरु निम्न छन्ः

१. नकारात्मक भावनाको कारण

कुनैपनि व्यक्तिको मनमा नकारात्मक भावना पैदा भएको समयमा उ खुसी हुन असम्भव छ ।
जसको मनमा नकारात्मक भाव रहेको हुन्छ ती व्यक्तिहरु हरेक कुरामा चीजमा खोटमात्रै देख्छन् ।
यस्ता मानिसहरु खुसी हुनको लागि निकै कठिन हुन्छ त्यसैले नकारात्मक भावनाहरुलाई त्याग्ने कोसिस गर्नु नै राम्रो हुन्छ ।

२. असन्तुष्टी

यो प्रवृत्ति हामी मध्ये धेरै मानिसहरुमा हुन्छ । हामी आफुले गरेको कुनै पनि काममा पुर्ण रुपमा सन्तुष्ट हुन सक्दैनौं ।

आफूसँग भएको कुरा भन्दा धेरै खोज्ने असन्तोषी प्रवृत्तिको कारण हामी खुसी हुन सक्दैनौं । धेरैजसो आर्थिक मामिलामा मानिसहरु असन्तुष्ट हुने गर्छन् । उनीहरुलाई राम्रो बंगला, महंगो गाडि र विलासी जीवन जिउने चाहना हुन्छ र आफूले भनेजस्तो भएन भने उनीहरु खुसी हुन सक्दैनन् ।

३. मनमा अरुप्रति द्धेष हुनु

एउटा भनाई छ, ‘मान्छे आफ््नो दुखमा जति दुखी हुन्छ त्यो भन्दा धेरै दुखी अरुको सुखमा हुन्छ,’ साँच्चै यो कुरा धेरै मानिसको जीवनमा लागु हुन्छ ।

केहि मानिसहरु आफूले राम्रो गर्न नसकेकोमा भन्दा अरुले राम्रो प्रगति गरेकोमा दुखी हुन्छन् ।
यस्ता मान्छे प्राय अन्य व्यक्तिहरुको बारेमा धेरै नै सोच्ने गर्छन् र अरुको सफलताको कारण भित्रभित्रै पिल्छन्छन् ।

४. निराशाको भावना

हामीहरु कतिपय अवस्थामा धेरै नै निराश हुने गर्दछौं जुन परिस्थिति अनुसारको भावनात्मक प्रतिकृया पनि हो । तर, सँधै निराश मात्रै भएर बस्ने बानीको कारण पनि मानिसहरु खुसी हुँदैनन् ।

तपाईं पनि सँधै खुसी हुन चाहनुहुन्छ भने माथि उल्लेख गरिएका बानीहरु आजैबाट त्याग्नुहोस् र हरपल मुस्कुराउने गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here