सोमवारबाट ‘बिएमडब्ल्यु’ नेपाली बजारमा

काठमाडौं । विश्व विख्यात गाडी कम्पनी बिएमडब्ल्यु सोमवारबाट नेपाली बजारमा उपलब्ध हुने भएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले नेपाली बजारमा भित्र्याउन लागेको बिएमडब्ल्युलाई सोमबार भर्चुअल कार्यक्रम गरी नेपालमा सार्वजनिक गर्ने कम्पनीले बताएको छ ।

नेपालमा सार्वजनिक हुनुभन्दा अघि नै ६ वटा बिक्री भइसकेको र यसको बुकिङ पनि राम्रो रहेको कम्पनीले बताएको छ ।

कम्पनीले बिएमडब्ल्युको शोरूम काठमाडौंको तिनकुनेमा स्थापना गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here