थप १०९६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १३ हजार ५८२

काठमाडौं, २१ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०९६ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार ९८१ रहेको छ । थप १७५२ जना संक्रमण मुक्त भएको छन् ।

संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २५ हजार ८०५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here