अष्ट्रेलियाविरुद्धको टी २० सिरिज भारतलाई

काठमाडौं । अष्ट्रेलियाविरुद्धको तीन टी २० सिरिज भारतले जितेको छ । यसअघि एकदिवसिय सिरिज दुई एकले गुमाएको भारतले दोस्रो टी २० मा भारतलाई ६ विकेटले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको भारतसामु २० ओभरमा ५ विकेट गुमाएर अष्ट्रेलियाले १९५ रनको विशाल लक्ष्य दिएको हो ।

अष्ट्रेलियाका लागि सर्वाधिक मेथ्यु वेडले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै स्टीभ स्मिथले ४६ रन बनाए भने भारतका तर्फबाट टी नटराजनले २० रन खर्चिएर २ विकेट लिए ।

अष्ट्रेलियाले ११ ओभरमा १०० रनको आँकडा पार गरेको थियो । अष्ट्रेलियाका लागि सर्टले ९ रन बनाए भने म्याक्सवेलले २२ र हेन्रिकेसले २६ रन बनाए ।

स्टाइनिसले १६ र साम्सले ९ रन बनाउँदा अष्ट्रेलियाले भारतसामु १९५ रनको विशाल लक्ष्य दिएको हो ।

जवाफमा भारतले १९ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको भारतले ५६ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर लोकेश राहुल ३० रनमा आउट भए । त्यसपछि शिखर धवन ५२ रनमा पेभेलियन फर्किएपछि भारतले ९५ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि सञ्जु सामसन मात्र १५ रनमा आउट भए भने कप्तान विराट कोहलली ४० रन बनाए । एक सय ४९ रनमा चार विकेट गुमाएको भारतलाई अन्तिममा हार्दिक पाण्ड्याले सम्हालेका थिए ।

हार्दिकले २२ बलमा तीन चौका र दुई छक्काको पद्दतले ४२ रन बनाए । यस्तै श्रेयस ऐयरले १२ रनको योगदान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here