मञ्जुश्री फाइनान्सको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

फाइनान्स सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १८ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.५० प्रतिशत नगद गरी कुल २३.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

फाइनान्सले सेयरधनीलाई बोनस बापत ४ करोड ७२ लाख ६३ हजार ६२७ रुपैयाँ र नगद बापत ४ करोड ४९ लाख ९७ हजार २१९ रुपैयाँ गरी कुल १९ करोड २२ लाख ६० हजार ८४६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here