सगरमाथाको नयाँ उचाइ मंगलवार सार्वजनिक गरिने

काठमाडौं । सगरमाथाको नयाँ उचाइ मंगलवार सार्वजनिक गरिने भएको छ । चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ऐतिहासिक साझेदारी भएको कारण मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने सरकारले बताएको छ ।

परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेसंगै नयाँ उचाइ सार्वजनिक गर्ने मिति तय भएको हो ।

सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने बताईएको छ ।

विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here