२५ लाख पुरस्कारको ‘डान्स मास्टर’, १३ वर्षभन्दा कम उमेरकाले मात्रै सहभागि हुन पाउने

काठमाडौं । पछिल्लो समय टेलिभिजन रियालटी शो दिन प्रतिदिन बढ्दै गर्दा ‘डान्स मास्टर लिल चाम्स’ डान्सिङ रियालिटी शो घोषणा भएको छ ।

राजधानीमा एक कार्यक्रमको बीच औपचारिक घोषणा गरेको शो ‘थ्रि प्रोडक्सन’ ले ‘नेपा प्रोडक्सन’ सँगको सहकार्यमा निर्माण लागेको हो । ‘कमेडी च्याम्पियन’ निर्देशक समेत रहेका विशाल भण्डारीले शो को निर्देशन गर्नेछन्

शो को निर्माताको रुपमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंह रहेका छन् ।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने नियम रहेको शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेनछिन् । यस्तै, अन्य जजको रुपमा भने ‘डान्स इन्डिया डान्स–लिल चाम्स’ की विजेता तेरियमा मगर, डान्स प्लस सिज २ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।

कार्यक्रमको होस्ट रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइरालाले गर्नेछन् ।

पुस्कार कति ?

निर्माण पक्षको अनुसार रियालिटी शोमा विजेता हुनेले २५ लाख नगद पुरस्कार पाउँनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् ।

‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन २’ समाप्त भएपछि सुरु हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here