चिसो मौसममा तातोपानी खानुका यस्ता छन् फाइदा

काठमाडौं । मनतातो पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरा विज्ञहरु बताउछन् । खासगरी चिसो मौसममा चिसो पानीभन्दा तातो पानी खानु निकै फाइदाजनक मानिन्छ ।

तातोपानीले शरीरभित्र जमेर रहेको विषालु तत्वलाई बाहिर निकाल्न मद्दत र्गुको साथै तौल घटाउन पनि सहयोग गर्ने कुरा चिकित्सकहरु बताउछन् ।

यसका अलवा पाचन प्रणालीलाई ठीक अवस्थामा राख्दै खाना राम्रोसंग पचाउन र रक्त सञ्चालन प्रक्रियालाई ठीक अवस्थामा राख्न विहानको एक कप तातो पानीले निकै सहयोग गर्छ । विहान चिसो पानी पिउँदा श्वासनलीमा म्युकसको स्तर बढ्ने र यसले गर्दा सास फेर्न नै अप्ठ्यारो महसुस हुने चिकित्सकको भनाई छ ।

यस्ता छन् चिसो मौसममा तातोपानी खानुका फाइदाहरु

१. यदि तपाईं सधै मनतातोपानी सेवन गर्नुहुन्छ भने यसले तपाईंंलाई सधै फ्रेस देखिनुहुनेछ ।

२. तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । यसले रक्त सञ्चार ठिक तरिकाले गराउने काम समेत गर्छ ।

३. मनतातोपानीको साथै कागती र मह मिसाएर पिउनुभयो भने तपाईंको रोग प्रतिरोधक क्षमता निकै बढ्ने गर्छ ।

४. चिसो पानीलाई मृगौलाको लागि निकै हानिकारक मानिन्छ, मृगौलालाई राम्रो बनाउनको लागि हरेक दिन विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु उचित हुन्छ । यसले शरीरमा हुने दुर्गन्धलाई पनि हटाइदिन्छ ।

५. मनतातो पानी हाड जोर्नीको दुखाई कम गर्न उपयुक्त हुन्छ । मनतातो पानी जोर्नीहरुबीचको घर्षण कम गर्न सहयोगी मानिन्छ । भविष्यमा हुने जोर्नी सम्बन्धी रोगलाई कम गर्ने जनाइएको छ । चिसो पानी भन्दा निकै गुण बढी फाइदा जनक तातोपानी हुने गरेको छ ।

६. स्वास तथा मृगौला सम्बन्धी रोगभएको व्यक्तिले चिसो पानी पिउनु फाइदा जनक हुँदैन । त्यसैले तातोपानी निकै फाइदाजनक मानिन्छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here