कोरोना भाइरस नेपालः २४ घण्टामा थप १०१४ सङ्क्रमित, २० जनाको मृत्यु

काठमाडौं । सोमवार नेपालमा १,०१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल ६,२२० जनाबाट सङ्कलित नमुनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण फेला परेका हो ।

गएको २४ घण्टामा २० जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या लगभग दुई लाख ४२ हजार पुगेको छ । मन्त्रालयको तथ्यांकको अनुसार अहिले नेपालभरि १२,९४८ जनामा सक्रिय सङ्क्रमण छ ।

अहिलेसम्म देशभरि १,६१४ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १,६२८ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ। यो संगै अहिलेसम्म कुल दुई लाख २७ हजारभन्दा बढी सङ्क्रमित निको भएको मन्त्रालयको तथ्याङ्क छ।

माथिको तथ्यांक अनुसार नेपालमा कोरोना लागेपछि सङ्क्रमित निको हुने दर ९३ प्रतिशतभन्दा बढी छ।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here