प्रधानमन्त्री ओलीको आह्वानमा मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।

आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा उठाउने एजेण्डा तय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here