काठमाडौंको तापक्रम बढ्यो, न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस

काठमाडौं, २३ मंसिर । केहिदिनयता काठमाडौंको तापक्रम बढेको छ । मौसमविद्को अनुसार मौसम राम्ररी नखुलेका कारण काठमाडौंको न्यूनतम तापक्रम बढेको हो ।

१४ गते काठमाडौं न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो ।

मंगलबार बिहान न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री पुगेको छ । दिउँसो अधिकतम तापक्रम आज १८ देखि २० डिग्री सेल्सियस पुग्ने अनुमान छ । यसअघि अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियस हुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here