आज सगरमाथाको नयाँ उचाइ घोषणा हुँदै, उचाइ केही बढ्ने

काठमाडौं । आज सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । अपरान्ह १ः ४५ बजे हुने उक्त घोषणाको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछ ।

सगरमाथाको उचाइ घोषणा नेपाल र चीनले संयुक्त रुपमा गर्नेछन् ।

हिउँको सतहलाई पनि उचाइको आधार मान्नुपर्ने नेपालको प्रतावलाई चीनले यसअघि स्विकार नगरेपनि पछिल्लो समय हिउँको सतहलाई उचाइको आधार मान्ने विषयमा सहमति भएसंगै नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने भएका हुन् ।

यसअघि सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर मानिदै आएपनि नयाँ घोषणासंगै सगरमाथाको उचाइमा केही वृद्धि हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here