‘राजावादी र विप्लव समूहप्रति कठोर बन्ने प्रधानमन्त्रीको संकेत, उपलब्धि रक्षाका लागि एकजुट हुन आग्रह ‘

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन सबैमा आग्रह गरेका छन्।

बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्रीले बैठकको शुरूमै सहभागी नेताज्यूलाई स्वागत गर्दै छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रमुख एवं प्रतिनिधिहरू सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, सहमहामन्त्री डा प्रकाशशरण महत, नेमकिपाको तर्फबाट प्रेम सुवाल, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव लगायतको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here