सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलवार प्रतितोला १,५०० रुपैयाँ बढेको सुनको मूल्य बुधवार भने घटेको छ । आज छापवाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घट्यो ।

मंगलवार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७०० रुपैयाँ घट्दै प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधवार तेजावी सुनको मूल्य पनि प्रतितोला ७०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार ९५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घट्यो । बुधवार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here