साझा र विवेकशीलबीच एकता: अध्यक्षमा मिश्र, संयोजकमा पाण्डे

काठमाडौं, २४ मंसिर । साझा पार्टी र विवेकशील नेपालीबीच पार्टी एकता भएको छ । पार्टी विभाजन भएको २२ महिनापछि बुधबार साझा र विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको हो।

वैकल्पिक राजनीतिक दलका रुपमा दाबी गर्दै आएका दुई दलबीचको एकतासँगै अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् । उनीहरुले भर्चुअल माध्यममार्फत एकता घोषणा गरेका हुन् ।

यस्तै, एकीकृत पार्टीको चुनाव चिन्ह तराजु नै रहनेछ। यस्तै, १३० सदस्यीय केन्द्रीय समितिमा दुवै पार्टीबाट ६५–६५ जना रहने सहमति भएको छ। यसैगरी, केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट १३–१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ।

पार्टी एकतापछि गरिने संगठन संरचना गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सकेर ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति दुई पार्टीबीच भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here