स्लो ओभर रेटका कारण भारतीय क्रिकेट टिमलाई आइसिसिको जरिवाना

काठमाडौं । भारतीय क्रिकेट टोली आइसिसिको जरिवानामा परेको छ । भारतिय टिमले स्लो ओभर रेटका कारण जरिवाना तिर्नुपर्ने भएको हो ।

अस्ट्रेलिया भ्रमणमा रहेको टिमले तेस्रो तथा अन्तित ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलमा स्लो ओभर रेट अर्थात ढिलो बलिङ गरेको कारण जरिवाना तिर्नुपर्ने भएको आइसिसिले जनाएको छ ।

आइसिसीका म्याच रेफ्री डेविड बुनले भारतीय टिमलाई ‘म्याच फी’ को २० प्रतिशत जरिवाना गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here