स्थानीय तह रहेका यी पाँच अस्पतालको जिम्मेवारी वाग्मती प्रदेशलाई

काठमाडौं, २४ मंसिर । सरकारले स्थानीय तह अन्तर्गत रहेका वाग्मती प्रदेशका पाँच अस्पताललाई प्रदेश अन्तर्गत राख्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वाग्मती प्रदेश सरकारको निर्णयलाई स्वीकृत गर्दै स्थानीय तह रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राखिएको बताए।

दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही, चितवनको बकुलर रत्ननगर अस्पताल तथा काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी बागमती प्रदेश सरकारले पाएको छ। यो वाग्मती प्रदेशको १३ वटै जिल्लामा अस्पताल रहने भएको छ।

सरकारका प्रवक्ता गुरुङका अनुसार तोयानारायण ज्ञवालीलाई प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्जुनप्रसाद पोखरेललाई प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं २ बाट राजपत्राङ्कित विशिष्ट श्रेणी अतिरिक्त समूह र गोकर्णमणि दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी अतिरिक्त समूहबाट प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं २ मा सरुवा गर्ने निर्णय गरेको छ ।

यसअघि आठ वटा जिल्लामा मात्र प्रदेश अस्पताल रहेको थियो । यस्तै बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा प्रेमनारायण कँडेललाई कृषि तथा वन सेवाको सामुहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन जनालाई सरुवा गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here