कोरोना संक्रमणबाट पूर्वराजदूत कमानसिंह लामाको निधन

काठमाडौं, २५ मंसिर । दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएको छ ।

कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको अस्पतालले जनाएको छ।

लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।

लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो। उनको पार्थिव शरीरलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

काभ्रेपलाञ्चोकको साविक चौरी देउराली गाउँपालिका घर भएका लामा काठमाडौं ठमेलमा बस्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here