प्रेस पास नवीकरण अब जिल्ला हुलाक कार्यालयबाटै, दुर्गमका पत्रकार उत्साहित

काठमाडौं, २५ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्लाबाटै प्रेस पास र अनलाइन नविकरणको ब्यवस्था मिलाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेका हुन् ।

प्रेस पास नविकरण र अनलाइन नविकरणका लागि सूचना तथा प्रशारण बिभागमै धाउनु पर्ने बाध्यताका कारण देशभरका पत्रकारले निकै सास्ती खेप्नुपरेको थियो ।

उक्त निर्णसँगै जिल्लाबाटै प्रेस पास नवीकरण गर्न व्यवस्थाले दुर्गम क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार उत्साहित बनेका छन् ।

नयाँ प्रेस पास लिन तथा नवीकरणका लागि राजधानी आउनुपर्ने अवस्था हुँदा अधिकांश पत्रकारले प्रेस पास नै नलिई काम गर्दै आएका थिए । प्रेस पास लिएकाले निर्धारित समयमै नवीकरण गर्न सकेका थिएनन् ।

मन्त्री गुरुङले मन्त्री स्तरीय निर्णय गरी अवदेखि जिल्ला हुलाक कार्यालयबाटै सो काम गर्ने ब्यवस्था गरिएको विज्ञप्तीमा जनाइएको छ ।

सम्बन्धित जिल्लाका हुलाक कार्यालयबाट प्रेस पास नवीकरण हुने व्यवस्था सँगसँगै नयाँ परिचयपत्र लिने पत्रकारका लागि पनि आवश्यक कागजपत्र सम्बन्धित जिल्लामा पेस गर्न सकिने व्यवस्था भएको छ ।

प्रेस पास नवीकरण गर्न सूचना तथा प्रसारण विभागमा ठूलो भीड लाग्दै आएको छ । प्रेस पास लिन तथा नवीकरण गर्न पत्रकारले विभागमा कोठाकोठा चाहार्दै घण्टौंसम्म बिताउनु पर्ने अवस्थाको यो व्यवस्थाले अन्त्य गर्नेछ ।

यसबाट विभागको कार्यबोझ घट्ने निश्चित छ भने निष्क्रिय प्रायः रहेका हुलाक कार्यालयहरुले जिम्मेवारी पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here