सुनको मूल्य घट्ने क्रम जारी, कति छ कारोबार मूल्य ?

काठमाडौं । सुनको मूल्य घट्ने क्रम बिहिवार पनि जारी नै रह्यो । आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घट्यो ।

अघिल्लो दिन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहिवार तेजावी सुनको मूल्य पनि प्रतितोला ९०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार ५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घट्यो । बिहिवार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here