काठमाडौं, २५ मंसिर । युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको २५५ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले संस्थाको वित्तीय अवस्था थप सवल तथा सशक्त बनाउन कुनै लाभांश वितरण नगर्ने निर्णय कम्पनीले जनाएको छ ।