नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यासका ६ खेल गुमाउने

काठमाडौं, २५ मंसिर । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बिग ब्यास लिगका सुरुवाती ६ खेल गुमाउने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा रहेका सन्दिप अष्ट्रेलिया जान ढिला हुने भएकाले खेल गुमाउन भएका हुन् ।

अष्ट्रेलिया सरकारको नियम अनुसार त्यहाँ पुगेपछि १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्नेछ । बिहिबारदेखि अष्ट्रेलियामा सुरु हुन लागेको लिगमा सन्दीपले यस सिजन म्याथिउ वेडको कप्तानीमा रहेको होबार्ट हुरिकेन्सबाट खेल्दै छन् । उनी डिसेम्बर १४ पछि मात्र अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।

बिहिबार उद्घाटन खेलमा हुरिकेन्सले सिड्नी सिक्सर्ससँग खेल्दै छ । समग्रमा ह’रिकेन्सले डिसेम्बरमा कुल ६ खेल खेल्ने छ । सबै खेल सन्दीपले गुमाउने छन् ।

सन्दीपले जनवरी २ मा पूर्वटोली मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भावना छ । कोरोना रिपोर्ट नेगेटिभ आएमा मात्र उनी खेल्न पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here