‘धैर्य गर्नुस्, कोरोना बीमा भुक्तानीमा ढिलाईको कारण बीमित नै हो पैसा पाइन्छ’-बीमा समिति

काठमाडौं, २५ मंसिर । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीका लागि केहि समय धैर्य गर्न बीमितहरुलाई अनुरोध गरेको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति जारी गरेर कोरोना बीमा भुक्तानीमा ढिलाईको कारण बीमित नै भएकाले केहि समय धैर्य गर्न अनुरोध गरेका हुन् ।

स्थलगत निरिक्षण गर्दा बीमितहरुले तोकिएका सबै काजगातहरु दाबी भुक्तानीको क्रममा पेश नगरेको, कतिपय कोरोना परिक्षण रिर्पोट नै स्पष्ट नहुँदा पनि दाबी भुक्तानको लागि कागज पेश गरीएको र बीमाको दाबी एउटा कम्पनीमाबाट मात्रै पाइने भएपनि कोरोना बीमाको एउटै दाबी बीमितले विभिन्न कम्पनी पठाएकोले समस्या देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आवश्यक कागजात नपुग्दा कोरोना बीमाको दावी भुक्तानी प्रक्रियामा जटिल प्रकृतिको रहेकाले केहि समय धैर्य गर्न अनुरोध समेत गरेका छन् ।

बीमाको दाबी भुक्तानीमा ढिलाई भएपछि बीमा समितिले बुधबार शिखर इन्स्योरेन्समा स्थलगत निरीक्षण गरेको थियो । स्थलगत निरिक्षण गर्दा बीमितहरुले तोकिएका सबै काजगातहरु दाबी भुक्तानीको क्रममा पेश नगरेको विज्ञप्तिमा जनाइएको छ ।

कोरोना महामारीको संक्रमण सबैभन्दा धेरै असोज र कात्तिक महिनामा देखिएको थियो । सो संक्रमणकोे बेलामा बीमा कम्पनीका कर्मचारीहरु समेत आफै संक्रमित हुन पुगेकाले दाबी भुक्तानीकालागि केही समय धैर्यता गर्नु पर्ने बीमा समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिमालेख खरिद गरेका बिमितहरुले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेका सम्पूर्ण कागजातसहित सम्बन्धित बिमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित कम्पनीले सबै कागजात पूरा भए/नभएको यकिन गरी कागजात पूरा भएका फाइलको भुक्तानीका लागि बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनीमा पठाउनु पर्नेमा केही फाइलमा कागजात पूरा नभएकोले बिमाको दाबी भुक्तानीमा ढिलाइ भएको समितितको भनाइ छ। समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्र पठाउन निर्देशनसमेत दिएको छ।

हाल कोरोना बीमामा बीमितहरुको उल्लेख्य सहभागिता भएपनि सो बीमा दाबी भुक्तानी भने बीमितको अपेक्षा अनुसार हुन सकेको छैन । बैशाखको पहिलो सातादेखि संचालनमा आएको कोरोना बीमामा भदौ अन्तिम सातादेखि मोडेल परिवर्तन गरिएको थियो ।

अर्थ मन्त्रालयले नै कोरोना बीमाको दाबी भुक्तानी दु्रत गतिमा हुनु पर्ने भन्दै बीमा कम्पनीहरुले एक साता भित्र कोरोना बीमाको दाबी भुक्तानी गर्नु पर्ने बताएको थियो । साथै, सोही निर्णयमा परिवर्तन गरी गत साता मात्रै कोरोना बीमाको दाबी भुक्तानी ३ दिन भित्र गर्न अर्थ मन्त्रालयले निर्देशन नै दिइसकेको छ ।

मापदण्ड पूरा गरेकालाई तीनदिनमै कोरोना बीमाको भुक्तानी दिन अर्थको पुनः ताकेता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here